NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २३ गते

स्तनपान गराउने तरिका सिकाउँदै स्वास्थ्यकर्मी

 

हुम्ला –राष्ट्रिय स्तनपान सप्ताहको अवसर पारेर स्वास्थ्यकर्मीद्वारा सही किसिमले स्तनपान गराउने तरिकाको प्रदर्शनी गरिएको छ।

सिमकोट गाउँपालिकाका विभिन्न बस्ती स्तरका सार्वजनिक स्थलमा सुनौलो हजार दिनका आमा र शिशुहरुको उपस्थितीमा यो प्रदर्शन गरिएको हो।

आमाहरुले आफ्ना सुनौलो हजार दिनका शिशुलाई सही किसिमले स्तनपान गराउन सहज होस भन्नका लागि तरिकाको प्रर्दशनी गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए।

सही किसिमले स्तनपानको जानकारी गराउने उद्देश्यले अधिकांश वस्तीका सुनौलो हजार दिनका आमाहरुलाई सहभागी गराएर दक्ष्य स्वास्थ्यकर्मीबाट प्रत्यक्ष रुपमा स्तनपानको प्रर्दशन गरिएको होे।

यो प्रर्दशनीबाट आमाहरुले आफ्ना शिशुलाई सहि किसिमले स्तनपान गराउनमा सहयोग पुग्ने बिस्वास गरिएको छ।

आवश्यक जानकारी नभएको कारण नबजात शिशुलाई आमाले जथाभावी स्तनपान गराउने गर्दै आएका थिए। प्रर्दशनीले यसलाई रोक्न र सही किसिमले स्तनपान गर्ने तरिका सिकेको सुनौलो हजार दिनकी आमाहरुले बताएका थिए।

दक्ष्य स्वास्थ्यकर्मीबाट यसको प्रर्दशनीले सबै आमालाई जानकारी भएको थियो। यसअघि सो कार्यक्रममा स्तनपानको महत्व सम्वन्धि अन्र्तकृया पनि आयोजना गरिएको थियो। यस्ता कार्यक्रममा थप पोषिलो खाना खाने तरिकाका बारेमा जानकारी दिदै पोषिलो अर्गानिक खिर तयार गरि खाने तरिका बारे आमाहरुलाइ प्रत्यक्ष रुपमा देखाईएको थियो।

खिर पनि खुवाउने कार्य भएको थियो। यो कार्यक्रम सवै स्वास्थ्य संस्थामा सञ्चालन भएको शाखाले जनाएको छ। यसका लागि सहजिकरण स्वास्थ्य सेवा कार्यालयले पनि गरेको थियो। प्रर्दशनीको सहजिकरण स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ अनमी सिरता बोहराले गरेकी थिईन।

ताजा अपडेट

नेपालवाच विशेष