विवाहको नाममा पैसा र गहना लिएको भन्दै श्रीमानविरूद्ध राखीले दिइन् उजुरी
एजेन्सी । बलिउड अभिनेत्री तथा माेडल राखी सावन्तका पति आदिल खान दुर्रानीलाई ओशिवारा प्रहरीले पक्राउ गरेको छ । सोमबार राति राखीले आदिलविरुद्ध विवाहइतर सम्बन्ध र ठगीको आरोप लगाउँदै एफआइआर दर्ता गरेपछि आज आदिललाई राखीको घरबाट पक्राउ गरिएको हो ।
राखीले आदिलमाथि गम्भीर आरोप लगाएकी छिन् ।
आदिलले विवाहको नाममा आफूबाट सबै गहना र पैसा लिएको पनि राखीले प्रहरीलाई बताएकी छन् । प्रहरीमा एफआइआर दर्ता गर्नुअघि राखीले आदिलको बारेमा मिडियासँग कुरा गर्दै आदिलले आफूबाट आफ्नै घरको साँचो खोसेको र फिर्ता गर्न नमानेको बताइन् ।
आदिलले आफूलाई बलिउडमा नाम कमाउने प्रयोग गरेको र लामो समयदेखि यातना दिएको उनले प्रहरीलाई बाताएकी छिन् । उनका अनुसार अहिले आदिल राखीसँग अलग भए प्रेमिका तनुसँग बसिरहेका छन् ।
आदिलसँग विवाहपछि राखीले इस्लाम धर्म स्वीकार गर्ने कुरा गरेकी थिइन् ।
राखी र आदिलको गत वर्ष अदालती विवाह भएको थियो ।
२७ वर्षका आदिल कर्नाटकका हुन् । उनको कार व्यवसाय छ । मिडिया रिपोर्टका अनुसार आदिल र राखी मार्च २०२२ देखि एक अर्कालाई डेट गरिरहेका थिए। उनले राखीसँगै मुम्बईमा डान्स एकेडेमी पनि खोलेका छन् ।
राखीले लगाएको विवाहइतर सम्बन्धको आरोपमा आदिलले भनेका थिए, ‘राखी जे पनि गर्न सक्छिन्, उनी शक्तिशाली छिन् ।’
ताजा अपडेट
-
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्वाचित
-
महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म
-
कांग्रेस महाधिवेशन यी आठ ठाउँमा गर्न सकिन्छ सवारीसाधन पार्किङ
-
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका : क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज


प्रतिक्रिया