ओलीले किन बोलाए संसदीय दलको बैठक ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा समसामयिकक राजनीतिबारे समीक्षा हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले मंगलबार संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बैठकमा संसद् अधिवेशन अन्त्य सम्बन्धमा समेत छलफल हुने उनले बताए ।
‘संसद् सुरू र अन्त्यको विषयमा बस्ने नियमित बैठक अन्तर्गत संसदीय दलको बैठक बस्न लागिएको हो’, भट्टराईले भने, ‘बैठकमा संसद् अन्त्यको विषयमा पनि छलफल हुनेछ ।’
उनले संसद्मा जारी गतिरोधबारे पुरानै अडान कायम रहेको जिकिरसमेत गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया