कांग्रेसले हेप्न खोजे चुनावमा एमालेसँग सहकार्य हुनसक्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले पेल्न खोजे चुनावमा एमालेसँग सहकार्य हुन सक्ने संकेत गरेका छन् ।
राजनीतिक तथा वैचारिक प्रशिक्षणका लागि बिहीबार लुम्बिनी प्रदेश पुगेका प्रचण्डले एमालेसँग तालमेल गर्ने वा नगर्नेबारे कांग्रेसको व्यवहारमा भरपर्ने प्रतिकृया दिए ।
‘हामी चुनावसम्म गठबन्धनको पक्षमा छौं । तत्काल एमालेसँग सहकार्यको कुनै सम्भावना छैन । प्रतिगमनको विरुद्ध अहिलेको गठबन्धन बनेको हुनाले कम्तिमा चुनावसम्म गठबन्धन कायमै रहोस् भन्ने पक्षमा छौ’, पत्रकारसँग प्रतिकृया दिँदै उनले भने, ‘कांग्रेसले पेल्न वा हेप्न खोजे एमालेसँग सहकार्य नहोला भन्न सकिदैन । कांग्रेसका केही साथीहरूले चुनावी तालमेल गर्नै हुन्न भनेका छन् । त्यो कांग्रेसकै व्यवहारमा भर पर्छ ।’
उनले चुनाव हुँदैन कि भन्ने कुनै भ्रम नराख्न आग्रह गर्दै गठबन्धनको भर नपरी आफ्नै खुट्टामा उभिने गरी चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया