सातै प्रदेशमा अनुगमन टोली पठाउँदै नेकपा एस, को–को जाँदै ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेशमा संगठनात्मक अवस्थाबारे अनुगमन गर्न टोली पठाउने निर्णय गरेको छ । केन्द्रीय कार्यलय नयाँ बानेश्वरमा बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले अनुगमन टोली खटाउने निर्णय गरेको हो ।
बैठकले प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, वाग्मती प्रदेशमा डा. गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राईलाई पठाउने निर्णय गरेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा डा. विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव डा. बेदुराम भुसाल र सुदूरपश्चिममा रामचन्द्र झालाई पठाउने निर्णय गरेको प्रवत्ता एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार स्थानीय तहमा संगठनको अवस्था, स्थानीय नेताको रिर्पोटिङ, चुनावका लागि आवश्यक तयारी सम्बन्धमा स्थलगत अध्ययन गरी केन्द्रलाई जानकारी दिइनेछ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया