प्रचण्डपुत्री रेणुलाई चितवन इञ्चार्जको जिम्मेवारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को वाग्मती प्रदेशले भरतपुर महानगरपालिकी मेयरसमेत रहेकी केन्द्रीय सदस्य रेणु दाहाललाई पार्टीको चितवन इञ्चार्ज बनाउने प्रस्ताव गरेको छ ।
बिहीबार बसेको वाग्मती प्रदेश कमिटी बैठकले रेणुलाई इञ्चार्ज बनाउने प्रस्ताव गरे पनि केन्द्रले कुनै निर्णय नगरेको अध्यक्ष सरल सहयात्री पौडलले जिकिर गरेका छन् ।
‘उहाँलाई चितवनको इञ्चार्जको जिम्मा दिने वाग्मती प्रदेशले प्रस्ताव गरेको हो,’ उनले भने, ‘केन्द्रले बनाउने निर्णय गरेको छैन ।’
विधानअनुसार, जिल्जा इञ्चार्ज तोक्ने जिम्मा प्रदेशलाई दिएको छ । त्यहीअनुसार, हामीले प्रस्ताव गरेको हौं । अन्य जिल्लाको हकमा कुनै निर्णय भएको छैन ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी रेणुलाई आगामी चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा दोहो¥याउने प्रवल सम्भावना छ । पुसमा भएको माओवादी केन्द्रले आठौं माहाधिवेशनपछि जिल्ला इञ्चार्ज तोकेको छैन ।
ताजा अपडेट
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
प्रतिक्रिया