पञ्चेश्वरमा सुत्केरी सेवा पुन: सुरु

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका– १ स्थित पञ्चेश्वर स्वास्थ्यचौकीमा बन्द रहेको सुत्केरी सेवा सुरु भएको छ ।
पानीको अभाव भएपछि गत जेठ २८ गतेदेखि सुत्केरी सेवा बन्द भएको थियो । गाउँपालिकाले ट्याङकरमार्फत पानीको व्यवस्थापन गरेपछि उक्त सेवा सुरु भएको स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए ।
आजदेखि गाउँपालिकाले रुपमा ट्याङकरमार्फत पानीको आपूर्ति गर्ने भएपछि सेवा पुनः सुरु गरिएको हो । अब २४ घण्टा नै सुत्केरी सेवा उपलब्ध हुन्छ । यसअघि स्वास्थ्यचौकी आकाशे पानीको भरमा सञ्चालन भइरहेको थियो । जम्मा गरेको आकाशे पानी सकिएपछि सेवा बन्द भएको थियो ।
हाललाई ट्याङकरमार्फत समस्या समाधान गर्ने र पछि दिगो समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई स्वास्थ्यचौकीले अनुरोध गरेको छ ।
प्रतिक्रिया