डेंगु संक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु
कञ्चनपुर । बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेंगु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ ।
बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो । एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।
भारतबाटै डेङ्गुको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुननसकेको वडाध्यक्ष रानाले बताए। डेंगु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।
ताजा अपडेट
-
कति छ प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति ?
-
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
-
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया – सहकारी ठगीबारे लेख्न एक इन्च पछि हटिन्न
-
फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान
-
नीति तथा कार्यक्रममाथि छलफल शुक्रबार हुने
प्रतिक्रिया