आजदेखि प्रसूतिगृहमा अनलाइन टिकट सुरू
काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलमा आजबाट अनलाइन टिकटको व्यवस्था सुरू भएको छ ।
अस्पतालले आजबाट अनलाइन टिकटसहित थप एक–एक वटा बिलिङ र टिकट काउण्टरसमेत सञ्चालनमा ल्याएको जनाएको छ । अस्पतालको ६४ औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी अनलाइन टिकटको व्यवस्था गरेको हो ।
अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनी रहेकाहरुको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शैय्या निःशुल्क गरिएको जानकारी दिए । अस्पतालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउन्टरसमेत थपेकाे छ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया