लालबाबु पण्डित विराटनगर महानगरपालिकाको मेयर उम्मेदवार !
काठमाडौं । मर्यादाक्रम तल भए पनि पर्याप्त बजेट परिचालन गर्ने अवसरका कारण संघ र प्रदेशका सांसदहरूसमेत स्थानीय तहको प्रमुखमा चुनाव लड्ने तयारी छन । विराटनगर महानगरको प्रमुखमा केन्द्रीय नेता र मन्त्री भइसकेकाले नै आकांक्षा देखाएका छन् ।
त्यसमध्येका एक हुन्, लालबाबु पण्डित । उनले आसन्न स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिन आकांक्षा देखाएको आजको कान्तिपुर दैनिकमा खबर छ । कान्तिपुरका अनुसार, एमालेका नेता तथा प्रदेशका पूर्वमन्त्री जीवन घिमिरे, केन्द्रीय सदस्य गुरु बरालले पनि मेयरमा उम्मेदवारी दिने मनस्थिति बनाएका छन् ।
त्यसो त कांग्रेसकै केन्द्रीय राजनीतिमा स्थापित अनुहारले पनि मेयरमा उम्मेदवारी दिने तयारी अघि बढाएका छन् । समाचारअनुसार कांग्रेस नेत्री डिला संग्रौला मेयरकी आकांक्षी छन् । यसबाहेक भीम पराजुली र अमृत अर्यालले पनि मेयर बन्ने चाहना पालेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया