गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण कार्यवाहक प्रधानमन्त्री तोकिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा जाँदा खाँण कार्यवाहक प्रधानमन्त्री तोकिएका हुन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेकोले उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिस अनुसार गृहमन्त्री खाँणले सम्हाल्ने गरी तोकिएको जनाएको छ ।
देउवा नेतृत्वको सरकारमा कुनै पनि उपप्रधानमन्त्री तोकिएका थिएनन् । यसैले प्रधानमन्त्री देउवापछि पहिलो वरियतामा रहेका खाँणलाई देउवाले कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।
खाणपछिको वरियतमाा सञ्चार तथा सूचना प्रविधि एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको वरियता छ । त्यसपछि उर्जामन्त्री पम्फा भुसालको नाम वरियतामा छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया