मलेसियाले टस जित्यो, नेपालले पहिले बलिङ गर्ने
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाले टस जित्दै नेपाललाई बलिङको निम्तो दिएको हो । नेपाल आज लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ ।
मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो । खेल अहिले केहि बेरमा सुरु हुँदैछ ।
तर नेपाली टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने आजको खेल पनि गुमाएका छन् । चोटका कारण हिजो सिंगापुरविरुद्धको खेल गुमाएका उनले आज पनि खेल गुमाएका हुन् ।
उसो त उनले छनोटका सबै खेल गुमाउन सक्ने बताइएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया