ओमानले दियो १४६ रनको लक्ष्य, करणले दिलाए सर्वाधिक विकेट
काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपालले १४६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस जित्दै नेपालले फिल्डिङ रोजेको थियो । खेलमा ओमानले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १४५ रन बनाएको हो ।
ओमानले नवौँ विकेटको रुपमा कलीमुल्लाहलाई गुमायो । उनी करण केसीको बलमा आउट भएका हुन् । ओमानको आठौँ विकेट पनि करणले नै लिएका थिए । करणले मोहम्मद नसिमलाई आउट गरको हुन् । करण केसीको बलमा सन्दीप लामिछानेले मोहम्मदलाई क्याच आउट गराएका हुन् । यो सँगै करणले आफ्नो पक्षमा नीन विकेट पारेका छन् । नेपालका लागि करणले पहिलो विकेट दिलाउँदै कश्यप प्रजापति आउट गराएका थिए ।
नेपालका लागि अविनाश बोहोराले सातौँ विकेट लिए । अविनाशको बलमा ओमानका कप्तान जिसन मक्सुद आउट भए ।
सन्दीप लामिछानेले लगातार दुई विकेट लिए । उनले पाँचौँ विकेटका रुपमा ओमानका आयान खानलाई आउट गराए भने छैटौँ विकेटमा मोहरान खानलाई शून्य रनमा आउट गराए । सन्दीपले जिसन मक्सुद र आयान खानको ४९ रनको साझेदारी तोड्दै आफ्नो पहिलो विकेट लिए ।
नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए । सोमपालले ओमानका शोयब खानलाई आउट गर्दै चौथौ विकेट दिलाएका हुन् । त्यस्तै, करण केसी रगुल्सन झाले समान एक विकेट लिन सफल भए ।
गुल्सन झाले ओमानका श्रीकान्त अथावलाई आउट गराएका हुन् । त्यस्तै नेपालका लागि दोस्रो विकेटमा सोमपाल कामीले ओमानका अकिब इलियास आउट गराएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया