नेपाललाई दोस्रो सफलता, सोमपालले लिए युएईका कप्तान मोहम्मदको विकेट
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको जारी सेमिफाइनलमा युएईविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नेपालका लागि सोमपाल कामीको बलमा युएईका मोहम्मद वसिम आउट भएका छन् । वसिमले २६ रन बनाउँदै आउट भएका हुन् ।
यस अघि सोमपाल कामीले नन स्टइकमा रहेका ब्याट्सम्यान खालिद शाहलाई रन आउट गरेका हुन् ।
मुलपानी मैदानमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।
आजको खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।
एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर, फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया