अष्ट्रेलियाविरुद्धको खेलमा अफगानिस्तानले बनायो नयाँ रेकर्ड
काठमाडौं । एकदिवसिय क्रिकेट विश्वकपमा अफगानिस्तानले अष्ट्रेलियाविरुद्ध २९१ रन बनाएको छ । विश्वकपमा अफगानिस्तानले बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो ।
टस हारेर पहिले ब्याटीङ गरेको अफगानिस्तानले ५ विकेट गुमाएर सो योगफल तयार पारेको थियो । अफगानिस्तानका ओपनर इब्राहिम जद्रानले अविजित १२९ रनको मद्दतमा अफगानिस्तानले उच्च स्कोर बनाएको हो । जद्रान एकदिवसिय विश्वकपमा शतक प्रहार गर्ने पहिलो अफगानी खेलाडी बनेका छन् ।
२९२ रनको लक्ष्य पाएको अष्ट्रेलियाले आज जितेमा सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तान विजयी भएमा उसको पनि सम्भावना प्रबल हुनेछ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया