त्रिदेशीय टी–२० सिरिज फाइनल : पिएनजीविरुद्ध टस हारेको नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा नेपालले पपुवा न्युगिनी (पिएनजी विरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । पिएनजीले पहिले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिन लागेको हो ।
सिरिजका सुरुवाती चारवटै खेलमा नेपाल विजयी बनेको थियो । तर पिएनजी मलेसियालाई एक खेलमा मात्रै पराजित गरेर फाइनलमा पुग्न सफल भएको थियो ।
लगातार जितेको नेपाल उत्साही छ भने पिएनजीसँग लगातार हारेको बदलाको भावना छ । खेल साढे १२ बजेपछि कीर्तिपुरस्थित टियुको क्रिकेट मैदानमा हुँदैछ ।
पहिले ब्याटिङ गर्दा कम्तिमा २ हाराहारी रन नबनाए नेपाललाई कठिन पर्नेछ । किनकी यो मैदानमा ठूलो अंकमा रन बनिरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया