NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

त्रिदेशीय टी–२० सिरिज फाइनल : पिएनजीविरुद्ध टस हारेको नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा नेपालले पपुवा न्युगिनी (पिएनजी विरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । पिएनजीले पहिले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिन लागेको हो ।

सिरिजका सुरुवाती चारवटै खेलमा नेपाल विजयी बनेको थियो । तर पिएनजी मलेसियालाई एक खेलमा मात्रै पराजित गरेर फाइनलमा पुग्न सफल भएको थियो ।

लगातार जितेको नेपाल उत्साही छ भने पिएनजीसँग लगातार हारेको बदलाको भावना छ । खेल साढे १२ बजेपछि कीर्तिपुरस्थित टियुको क्रिकेट मैदानमा हुँदैछ ।

पहिले ब्याटिङ गर्दा कम्तिमा २ हाराहारी रन नबनाए नेपाललाई कठिन पर्नेछ । किनकी यो मैदानमा ठूलो अंकमा रन बनिरहेको छ ।