मेस्सीले कतार विश्वकपमा लगाएका जर्सी लिलामी, कतिमा बिक्यो ?
एजेन्सी । सन् २०२२ को विश्वकपमा फुटबल स्टार लियोनल मेस्सीले लगाएका छ वटा जर्सी न्युयोर्कमा भएको सोथेबीको लिलामीमा संयुक्त रूपमा ७.८ मिलियन डलरमा बिक्री भएको छ ।
सन् २०२२ को विश्वकप फाइनलमा मेस्सीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जित हात पारेको थियो।
बिक्री भएका ती छ वटा जर्सी मेसीले फाइनलको पहिलो हाफ, सेमिफाइनल, क्वार्टरफाइनल, अन्तिम १६ को टाई र समूह चरणको दुई खेलमा लगाएका थिए ।
आठ पटक बालोन डी’ओर विजेता मेस्सी विश्वकपको इतिहासमा समूह चरण, अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल र एउटै प्रतियोगिताको फाइनलमा गोल गर्ने पहिलो खेलाडी बने ।
उनले अर्जेन्टिनाको २०२२ को विश्वकपका सबै सात खेल खेलेका थिए, तर समूह चरणमा मेस्सीले लगाएका तीन जर्सी मध्ये दुई मात्र अक्सनमा राखिएको थियो । अष्ट्रेलिया विरुद्धको खेलमा भने मेसीको जर्सी क्यामी डेभलिनले साटेका थिए ।
सोथेबी जनाए अनुसार लिलामीबाट प्राप्त आम्दानीको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाका लागि लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा युनिकास परियोजनालाई दान गरिनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया