मछिन्द्र श्रीलंकाको ब्लु स्टारसँग भिड्दै, जितेमा भारतको मोहन बगान प्रतिद्धन्द्धी

काठमाडौं । नेपालको शहीद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबले आज श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।
यी दुईबीच एएफसी कप छनोट–२०२२ को प्ले अफको प्रतिस्पर्धा हुन लागेको हो ।
मछिन्द्र र ब्लु स्टारबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका ५ बजे सुरु हुनेछ ।
अघिल्लो पटक क्लब लाइसेन्स नभएका कारण छनोट खेल्ने मौका गुमाएको मछिन्द्र पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।
मछिन्द्र र ब्लु स्टारको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । सो खेल अप्रिल १२ मा हुनेछ ।
ताजा अपडेट
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
-
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
प्रतिक्रिया