मछिन्द्र एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरियो
काठमाडौं । नेपालको शहीद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब एएफसी कप छनोट–२०२२ को प्ले अफको प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।
आज काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा श्रीलंकन क्लब ब्लु स्टारसँग २–१ ले पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरिइएको हो ।
खेलको पहिलो हाफमा नै ब्लु स्टारले २ गोलको अग्रता लिएको थियो ।
खेलको २४ औं मिनेटमा मोहमद इशानले गोल गर्दै ब्लु स्टारकालाई अग्रता दिलाएका थिए ।
यस्तै २७ औं मिनेटमा सेनल सन्देशले गोल गरेपछि ब्लु स्टारले अग्रता दोब्बर बनायो ।
खेलको इन्जुरी समयमा सुजल श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई खेलमा फर्कने कोशिस गराए । तर त्यतिबेलासम्म ढिला भइसकेको थियो ।
दोस्रो हाफमा मछिन्द्रले केही सुन्दर अवसर गुमाएको थियो । जसका कारण खेल हार्न पुग्यो ।
मछिन्द्र श्रीलंकाको ब्लु स्टारसँग भिड्दै, जितेमा भारतको मोहन बगान प्रतिद्धन्द्धी
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया