एट्लेटिकोविरुद्ध सिटीको अग्रता
काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडविरुद्ध म्यानचेस्टर सिटीले जित निकालेको छ ।
गएराति भएको घरेलु मैदानमा भएको खेलमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब एट्लेटिकोलाई १–० गोल अन्तरले हराएको हो ।
सिटीलाई जित दिलाउन केभिन डे ब्रुयनले ७० औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
यस जितसँगै सिटीले पहिलो लेगमा १–० को अग्रता बनाउँदै सेमिफाइनलमा सम्भावना केही बलियो बनाएको छ । एट्लेटिकोलाई भने दोस्रो लेगमा खेल उल्टाउनैपर्ने बाध्यता भएको छ ।
क्वार्टरफाइनलको दोस्रो लेग आगामी अप्रिल १३ मा एट्लेटिकोको मैदानमा हुनेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया