एट्लेटिकोविरुद्ध सिटीको अग्रता

काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडविरुद्ध म्यानचेस्टर सिटीले जित निकालेको छ ।
गएराति भएको घरेलु मैदानमा भएको खेलमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब एट्लेटिकोलाई १–० गोल अन्तरले हराएको हो ।
सिटीलाई जित दिलाउन केभिन डे ब्रुयनले ७० औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
यस जितसँगै सिटीले पहिलो लेगमा १–० को अग्रता बनाउँदै सेमिफाइनलमा सम्भावना केही बलियो बनाएको छ । एट्लेटिकोलाई भने दोस्रो लेगमा खेल उल्टाउनैपर्ने बाध्यता भएको छ ।
क्वार्टरफाइनलको दोस्रो लेग आगामी अप्रिल १३ मा एट्लेटिकोको मैदानमा हुनेछ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया