अफगानिस्तानलाई हराउँदै नेपाल यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश
काठमाडौं । १ विकेटको रोमाञ्चक तिजसँगै नेपाल यू–१९ क्रिकेट विश्वकपको सुपर ६ मा प्रवेश गरेको छ । एक सय ४६ रनको लक्ष्य पाएको नेपालले ९ विकेट गुमाएर सो लक्ष्य पुरा गरेको हो ।
नेपालको जितमा कप्तान देव खनाल र बलर आकाश चन्द नायक बनेका छन् । खनालले ५८ रन प्रहार गरे भने चन्दले पाँच विकेट लिएका थिए ।
जितमा दीपक बोहराले २७ रनको योगदान गरे । २४ रनमै तीन विकेट गुमाएर संकटमा परेका नेपाललाई कप्तान खनालले उद्धार गरेका थिए । अन्तिम दुई रन आवश्यक हुँदा नेपाललाई नवौं विकेट गुमाएको थियो । ४४ ओभरको पहिलो बल वाइड हुँदा स्कोर बरामद भएको थियो । ४४.४ ओभरमा सुवास भण्डारीले चौका हान्दै नेपाललाई जिताएका हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया