नेपाली खेलाडीलाई आइसिसीको कारबाही
काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपमा एक नेपाली खेलाडीमाथि अनुशासनसम्बन्धि कारबाही भएको छ । बलर सुवास भण्डारीलाई इन्टरनेशल क्रिकेट काउन्सिल (आइसिसी)ले कारबाही गरेको हो ।
नेपाल र पाकिस्तानबीचको खेलमा भएका घटनालाई लिएर भण्डारीलाई लेभल १ तहको कारबाही भएको आइसिसीको बिज्ञप्तीमा उल्लेख छ । फिल्डिङ गर्दा खेलाडीलाई लाग्ने गरी बल फाल्न नहुने नियम तोडेकोमा उनलाई कारबाही भएको हो ।
१४ औं ओभरमा पाकिस्तानले ब्याटीङ गर्दा उनले पाकिस्तानी ब्याट्सम्यान शाहजैव खानको हातमा लाग्ने गरी बल फालेका थिए । यस्तो कारबाहीमा खेल फीको ५० प्रतिशतसम्म जरिवाना हुने प्रावधान छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया