अन्तिम विकेटका लागि ४५ रनको साझेदारी, भारतसँग १३२ रनले पराजित
काठमाडौं । यू–१९ क्रिकेट विश्वकपमा नेपाल भारतसँग १३२ रनले पराजित भएको छ । भारतविरुद्ध बलिङ र ब्याटीङ दुवैमा नेपाल कमजोर रह्यो ।
टस हारेर सुरुमा बलिङ गरेको नेपालले २९८ रनको बिशाल लक्ष्य पाएको थियो । लक्ष्य पछ्याउने क्रममा ओपनिङ ब्यायटस्म्यान अर्जुन कुमाल र दीपक बोहराले ४८ रनको साझेदारी गरेर जितको आशा जगाएका थिए । त्यसपछि नेपालले लगातार विकेट गुमायो । अन्तिम विकेटका लागि दुर्गेश गुप्ता र आकाश चन्दले ४५ रनको साझेदारी गर्दा नेपालले १६५ रन जोडेको हो ।
यो जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल यसअघि नै सेमिफाइनल प्रतिस्पर्धाबाट बाहिरिएको थियो । सुपरसिक्समा नेपालको यो अन्तिम खेल हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया