आर्सनलसँग लिभरपुल स्तब्ध
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल आर्सनलसँग पराजित भएको छ । इमिरेट्स स्टेडियममा आइतबार सम्पन्न खेलमा आर्सनल चिरपरिचित प्रतिद्वन्द्वी लिपरपुलसँग स्तब्ध बनेको हो ।
बुकायो साकाले १४औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा ग्याब्रियलले आत्मघाती गोल गरेपछि खेल बराबरीमा फर्कियो ।
दोस्रो हाफको ६७औं मिनेटमा गेब्रियल मार्टिनेलीले गोल गरेर आर्सनललाई २–१ को स्थितिमा पुर्याए । इन्जुरी समयमा लिएन्ड्रो ट्रासार्डले अर्को गोल गरेर आर्सनलको जित सुनिश्चित गरे ।
योसँगै आर्सनल ४९ अंकका साथ दोस्रो स्थानमा छ भने शीर्ष स्थानको लिभरपुलको ५१ अंक छ । म्यानचेस्टर सिटी ४६ अंक जोडेर तेस्रो स्थानमा छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया