क्यानडाविरुद्ध नेपाललाई बलिङको निम्तो
काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको नेपाल क्यानडाबीचको दोस्रो खेलका लागि क्यानडाले टस जितेपछि नेपालले बलिङको निम्तो पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा क्यानडाले टस जित्दै ब्याटिङ रोजेको हो ।
सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो । सो खेलमा नेपालले टस जित्दै पहिले ब्याटिङ गरेको थियो। नेपाल आज लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ ।
अघिल्लो खेलमा नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरेका थिए भने कुशल भूर्तेलले सर्वाधिक ६८ रनको योगदान गरेका थिए । अघिल्लो खेलमा नेपालले टस जित्दा पहिले ब्याटिङ रोजेको थियो ।
पहिलो खेलबाट आज नेपालले टोलीमा तीन परिवर्तन गर्ने सम्भावना छ । ओपनर आसिफ शेख, भीम सार्की र ललितनारायण राजवंशीलाई आज विश्राम दिँदै विकेटकिपर अनिल कुमार शाह, देव खनाल र आकाश चन्दलाई मौका दिनसक्ने सम्भावना छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया