लिग टू : नामिबियाले टस जित्यो, ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले ब्याटिङ सम्हाल्ने भएको हो ।
लिग टूमा नामिबियासँग नेपालको यो दोस्रो भेट हो । यसअघि भएको पहिलो खेलमा नेपाल ४ विकेटले नामिबियासँग पराजित भएको थियो । त्यसैले आजको खेलमा नेपाल जित निकालेर बदला लिने दाउमा छ । नामिबिया भने आज पनि खेल आफ्नो पक्षमा पारेर जितलाई निरन्तरता दिन चाहन्छ ।
नेपालले आजको खेलमा केही खेलाडी परिवर्तन गर्ने निर्णय लिएको छ । गुलशन झालाई आराम दिएर करण केसीलाई मैदानमा उतारिएको हो । त्यस्तै, आशिफ शेख, पवन शर्राफ र सूर्य तामाङलाई पनि बेञ्चमा राखिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया