अर्का फुटबलरले पनि छाडे देश
काठमाडौं । नेपाली फुटबल टिमका विकास खवास पनि अस्ट्रेलिया भासिएका छन् । नेपाली फुटबलर एकपछि अर्को विदेशिरहेका बेला खवासले पनि त्यही बाटो समातेका हुन् ।
खवासका साथीहरूले उनलाई बिदाइ गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
खबास सन् २०२० मा नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका थिए । विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टिममा प्रवेश पाएका उनले सन् २०१९ मा नेपालले साग गेम्समा फुटबलतर्फ स्वर्ण पदक जित्दा महत्त्वपूर्ण योगदान दिएका थिए ।
पछिल्लो समय फुटबलरहरू पलायन हुने क्रम बढेको छ । १०० भन्दा बढी फुटबलर विदेशिए पनि तिनलाई रोक्नेतर्फ सरकारले अहिलेसम्म कुनै ठोस कदम चालेको छैन ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया