सूर्य चिन्ह लिएर चुनावमा जाने सम्भावना छ : कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको चुनाव चिन्ह सूर्य लिएर आफूहरू स्थानीय तह निर्वाचनमा जान सक्ने सम्भावना रहेको बताएका छन् ।
शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा उनले एमालेसँग चुनावी तालमेल हुने सम्भावना रहेको बताए ।
पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलनमा अध्यक्ष थापाले तालमेलका लागि एमालेसँग छलफल चलिरहेको खुलासा गरे ।
’स्थानीय तहमा एमालेसँग तालमेल गर्न भनेर छलफल चलिरहेको छ । कुरा मिले सूर्य चिन्हलाई साझा बनाएर चुनावमा जान सकिन्छ,’ उनले भने ।
अवस्था हेरेर अरु दलसँग सहकार्य पनि चुनावी सहकार्य हुनसक्ने थापाले स्पष्ट पारे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया