सूर्य चिन्ह लिएर चुनावमा जाने सम्भावना छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको चुनाव चिन्ह सूर्य लिएर आफूहरू स्थानीय तह निर्वाचनमा जान सक्ने सम्भावना रहेको बताएका छन् ।
शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा उनले एमालेसँग चुनावी तालमेल हुने सम्भावना रहेको बताए ।
पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलनमा अध्यक्ष थापाले तालमेलका लागि एमालेसँग छलफल चलिरहेको खुलासा गरे ।
’स्थानीय तहमा एमालेसँग तालमेल गर्न भनेर छलफल चलिरहेको छ । कुरा मिले सूर्य चिन्हलाई साझा बनाएर चुनावमा जान सकिन्छ,’ उनले भने ।
अवस्था हेरेर अरु दलसँग सहकार्य पनि चुनावी सहकार्य हुनसक्ने थापाले स्पष्ट पारे ।
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया