एसएमएस फ्रेन्डसिप कप : नेपालले आज गुजरातसँग फाइनल खेल्दै
काठमाडौं । एसएमएस फ्रेन्डसिप कपअन्तर्गत नेपालले आज गुजरातसँग फाइनलमा प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ः१५ मा हुने तय छ ।
नेपाल फाइनल खेलमा जित निकालेर मैत्रीपूर्ण खेललाई सुखद् ढंगले बिट मार्न चाहन्छ । यसअघि सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ विकेटले परास्त गरेको थियो ।
नेपालले अघिल्लो खेलमा कप्तान रोहित पौडेल, आसिफ शेख, अभिनाश बोहरा र सोमपाल कामीलाई विश्राम दिएको थियो । उनीहरूलाई विश्राम दिँदा आकाश चन्द, ललित राजवंशी, विवेक यादव र प्रतिश जिसीले मौका पाएका थिए । आजको खेलमा अघिल्लो पटक विश्राम पाएकालाई खेलाउने सम्भावना छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया