प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिस्पर्धी यूएइ
काठमाडौ । एसीसी प्रिमियर कपको सेमिफाइनमा नेपालले संयुक्त अरब इमिरेट्स(यूएइ)सँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह ‘ए’ को बिजेता नेपालले समूह ‘बी’को उपविजेता भएको यूएइसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
समूह बी बाट ओमान बिजेता र यूएइ उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् । ओमानले समूह चरणका चार मध्ये चारै खेल जित्यो भने यूएइले तीन खेल जितेको छ । बुधबारको खेलमा कुवेतलाई ४६ रनले हराउँदै यूएइ सेमिफाइनल पुगेको हो ।
समूह ए बाट नेपाल र हङकङ चीन सेमिफाइनलमा पुगेका छन् । नेपालले पनि समूह चरणका चारै खेल जितेको थियो ।
प्रिमियर कप बिजेता टिमले एसिया कप खेल्न पाउनेछ ।
सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन्।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया