आइपिएल : हैदरावादले चेन्नाईलाई हरायो
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावाद ८ विकेटले विजयी बनेको छ । शनिबार भएको खेलमा साविक विजेता चेन्नाई सुपर किंग्स (सिएसके) लाई ८ विकेटले पराजित गर्दै हैदरावादले जित निकालेको हो ।
यसअघि लगातार दुई खेलमा हार बेहोरोको हैदरावादको यो पहिलो जित हो ।
तेस्रो खेलमा चेन्नाईले १५५ रनको लक्ष्य दिएकोमा हैदरावादले १७.४ ओभरमा पूरा गर्न सफल भयो । यो क्रममा उसले दुई विकेट गुमायो । चेन्नाइले २० ओभरमा सात विकेट गुमाएर १ सय ५४ रन बनायो । चेन्नाइको यो जितमा मोइन अलीले सर्वाधिक ४८ रन बनाए ।
योसँगै हैदरावाद अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ भने चेन्नाई नवौंमा ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया