NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

आइपिएल : हैदरावादले चेन्नाईलाई हरायो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावाद ८ विकेटले विजयी बनेको छ । शनिबार भएको खेलमा साविक विजेता चेन्नाई सुपर किंग्स (सिएसके) लाई ८ विकेटले पराजित गर्दै हैदरावादले जित निकालेको हो ।

यसअघि लगातार दुई खेलमा हार बेहोरोको हैदरावादको यो पहिलो जित हो ।

तेस्रो खेलमा चेन्नाईले १५५ रनको लक्ष्य दिएकोमा हैदरावादले १७.४ ओभरमा पूरा गर्न सफल भयो । यो क्रममा उसले दुई विकेट गुमायो । चेन्नाइले २० ओभरमा सात विकेट गुमाएर १ सय ५४ रन बनायो । चेन्नाइको यो जितमा मोइन अलीले सर्वाधिक ४८ रन बनाए ।

योसँगै हैदरावाद अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ भने चेन्नाई नवौंमा ।