एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिभरपुललाई एभर्टनले हराएको छ ।
गएराति सम्पन्न खेलमा घरेलु टोली एभर्टनसँग लिभरपुल २–० गोल अन्तरमा पराजित भएको हो । योसँगै उपाधिको दौडमा रहेको लिभरपुललाई धक्का लागेको छ ।
एभर्टनको जितमा जाराड ब्रान्थवेटले २७औं र डोभिनिक क्याल्भर्ट लेविनले ५८औं मिनेटमा गोल गरे ।
लिभरपुलले पनि खेलमा गोल निकाल्ने प्रयास नगरेको होइन । तर खेलाडीहरू प्राप्त मौका उपभोग गर्नबाट चुके ।
एभर्टन ३४ खेलबाट ३३ अंक बटुलेर १६औं स्थानमा रहेको एभर्टनको यो जितले रेलिगेशनबाट बच्ने सम्भावना बढाएको छ।
७४ अंक प्राप्त गरेको लिभरपुल यो हारका कारण शीर्ष स्थानको आर्सनलभन्दा तीन अंकले तल परेको छ ।
ताजा अपडेट
-
शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’ मै निकास खोजिँदै
-
‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’
-
जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या
-
अर्थतन्त्रको संकटः संरचनागत अवरोध, कार्यान्वयनको कमजोर इच्छाशक्ति र अविश्वसनीय संस्थागत वातावरण
-
हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन, तोलकाे कति छ आज ?
प्रतिक्रिया