कप्तान पौडेलको शतकमा वेष्ट इन्डिजमाथि नेपालको रोमाञ्चक जित
काठमाडौं । सिरिजको पहिलो टी–२० खेलमा नेपालले वेष्ट इन्डिजविरुद्धको चार विकेटको रोमाञ्चक जित निकालेको छ । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा अन्तिम ओभरमा नेपालले जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले दुई सय पाँच रनको लक्ष्य दिएकोमा नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर जित निकालेको हो।

अन्तिम दुई ओभरमा नेपाललाई २४ रन चाहिएकोमा १९ औं ओभरमा नेपालले १५ रन जोडेपछि अन्तिम ओभरमा जित सहज भएको हो ।
जितका लागि नेपालका कप्तान पौडेलले शतकको योगदान दिए । उनले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका हुन्।
रोहित आउट हुँदा नेपाललाई १३ रन आवश्यकता थियो। क्रिजमा रहेको गुल्शन झा र प्रतिश जिसीले अन्तिम ओभरमा जित दिलाएका हुन्। गुल्शनले ४ बलमा ९ र प्रतिशले २ बलमा पाँच रन बनाएर जिताएका हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया