विश्वकपअघि उत्कृष्ट फर्ममा कप्तान पौडेल
काठमाडौं । टी–२० विश्वकपअघि नेपाली टिमका कप्तान रोहित पौडेल उत्कृष्ट फर्ममा देखिएका छन् ।
वेष्टइण्डिज एविरुद्धको सिरिजमा उनले उत्कृष्ट ब्याटीङ गरेका छन् । कप्तान पौडेल प्लेयर अफ दि सिरिज समेत घोषित भएका छन् ।
पाँच खेलको सिरिजमा ४ खेल खेलेका उनले तीनवटा म्याचमा ब्याटिङ गरेका थिए । ३ खेलमा १ शतक र २ अर्धशतकसहित २६५ रन बनाएको आधारमा उनी प्लेयर अफ दि सिरिज घोषित भएका हुन् ।
नेपालका अन्य ब्याट्सम्यान सिरिजमा चल्न सकेनन् । यद्यपि, शनिबार भएको अन्तिम खेलमा आसिफ सेख र अनिल शाहले अर्धशतक प्रहार गरे । जून खेलमा नेपाल ६ विकेटले विजयी भयो । समग्रमा सिरिज ३–२ ले वेष्ट इन्डिजले जितेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया