शीर्ष स्थानमा फर्कियो सिटी
काठमाडौं । शीर्ष स्थानबाट तल झरेको म्यानचेस्तर सिटी नतिजामा सुधार ल्याउँदै पुरानै पोजिसनमा फर्किएको छ । इंग्लिस प्रिमियर लिगमा फुलह्याममाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटी पुनः शीर्ष स्थानमा फर्किएको हो ।
शनिबार क्रभेत कुटिजमा सम्पन्न खेलमा सिटीले घरेलु टोली फुलह्याममाथि ४–० गोलान्तरको फराकिलो जित निकाल्यो ।
सिटीको जितका लागि जोस्को ग्वार्डियोल एक्लैले २ गोल गरे । त्यस्तै, फिल फोडेन र जुलियन अल्भारेजले समान १/१ गोलको योगदान गरे ।
योसँगै सिटी ३६ खेलबाट ८५ अंक जोडेर शीर्ष स्थानमा फर्केको छ । त्यस्तै आर्सनल ८३ अंकसहित दोस्रो र लिभरपुल ७८ अंकसहित तेस्रो स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया