एमबाप्पेको बिदाइ खेलमा पिएसजी स्तब्ध

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) टुलुजसँग स्तब्ध बनेको छ । गएराति सम्पन्न एमबाप्पेको बिदाइ खेलसमेत रहेको प्रतिस्पर्धामा पिएसजीले टुलुजसँग ३–१ को हार व्यहोरेको हो ।
एमबाप्पेले खेलको आठौं मिनेटमा नै गोलको खाता खोलेपछि पिएसजीले सुरुआती अग्रता बनाएको थियो । तर थिज डालिङ्गाले १३औं मिनेटमै गोल गरेर खेललाई बराबरीमा फर्काए । ६८औं मिनेटमा यान गबोहोले अर्को गोल गरेपछि दबाबमा परेको पिएसजीको पोस्ट्मा दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा फ्रान्क मगरीले गोल गरेर खेललाई ३–१ को जित दिलाए ।
जारी लिगमा दोस्रो हार व्यहोरेको पिएसजीले ३२ खेलबाट ७० अंक बटुलेको छ भने ३३ खेल खेलेको टुलुज ४३ अंकसहित १०औँ स्थानमा छ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया