नेपाललाई दक्षिण अफ्रिकाले दियो ११६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ सम्हालेको दक्षिण अफ्रिकाले ७ विकेट गुमाउँदै निर्धारित २० ओभरमा ११५ रन बनायो ।
दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले सर्वाधिक ४३ रन जोडे । उनले ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे ।
कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन, क्विन्टन डी ककले ११ बलमा १० जोडे ।
नेपालका कुशल भुर्तेल एक्लैले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया