नेपालसँगको खेलमा बनेको टी–२० क्रिकेट विश्वकपको विश्व रेकर्ड सोमबार नै तोडियो

काठमाडौं । टी–२० क्रिकेट विश्वकपमा नेपाल र बंगलादेशबीचको खेलमा सोमबार बनेको एक रेकर्ड सोमबारकै अर्काे खेलमा तोडिएको छ । टी–२० क्रिकेट विश्वकपमा एकै बलरको सर्वाधिक डटबलको रेकर्ड न्यूजील्याण्ड र पप्पुवा न्यु गिनीबीचको खेलमा तोडिएको हो ।
नेपालसँगको खेलमा बंगलादेशका तिव्र गतिका बलर तान्जिम हसन सकिबले २१ डटबल फालेका थिए । जून विश्व रेकर्ड बनेको थियो ।
न्यूजील्याण्डका खेलाडी लकी फर्गुसनले चार ओभरमा चारै मेडल बलिङ गर्दे सोमबार नै सकिबको रेकर्ड तोडेका हुन् । फाष्ट बलर फर्गुसनले चार ओभरमा ३ विकेट लिदै एक रन पनि दिएनन् । जून विश्व रेकर्ड बनेको छ ।उनको स्पेल विश्वकपकै सबैभन्दा किफायती बलिङ बनेको छ।
नेपाललिरुद्धको क्रमाम बंगलादेशका सकिबले चार विकेट लिएर सात रन दिएका थिए । उनकै उत्कृष्ट बलिङको मद्दतमा बंगलादेशले नेपाललाई २१ रनले हराएको हो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया