वेस्ट इन्डिजले इंग्ल्याण्डलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा इंग्ल्याण्डले वेस्ट इन्डिजबाट १८१ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८० रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८ र किकोलस पुरनले ३६ रनको योगदान दिए । त्यस्तै, रोभम्यान पावेलले ३६, ब्रेन्डन किङले २३, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।
इंग्ल्यान्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले समान एक/एक विकेट लिए ।
इंग्ल्याण्डले अहिले वेस्ट इन्डिजविरुद्ध व्याटिङ गरिरहेको छ । १० ओभरको खेल सकिँदा उसले १ विकेटको क्षतिमा ८१ रन बनाएर सहज प्रतिस्पर्धातर्फ अग्रसर बनिरहेको छ ।
ताजा अपडेट
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
प्रतिक्रिया