बंगलादेशले अस्ट्रेलियालाई दियो १४१ रनको लक्ष्य
काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गतको खेलमा बंगलादेशले अस्ट्रेलियालाई १४१ रनको लक्ष्य दिएको छ । पहिले टस हारेर ब्याटिङ सम्हालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन जोडेको हो ।
बंगलादेशका लागि नजमुल हसेनले सर्वाधिक ४१ रन जोड्दा टोहिडले २८ बलमा ४० रन बनाए ।
त्यस्तै, लिटोन दासले १६, टस्किन अहमदले १३ रन को योगदान दिए । यसबाहेक अन्य ब्याटरले भने दोहोरो रन बनाउन सकेनन् ।
अस्ट्रेलियाका प्याट कमिन्सले १८औं ओभरको पाँचौ तथा छैटौं र २०औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक गरे। त्यस्तै, एडम जाम्पाले दुई, मार्कस स्टोयनिस, ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले समान एक–एक विकेट लिए ।


प्रतिक्रिया