अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर–८ अन्तर्गतको खेलमा अफगानिस्तानले बंगलादेशलाई ११६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ सम्हालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनायो ।
अफगानिस्तानका लागि ओपनर रह्मनुल्लाह गुर्बाजले सर्वाधिक ४३ रनको योगफल बनाए । उनले ५५ बलमा ३ चौका र एक छक्का हिर्काएर टिमका लागि सर्वाधिक रन जोडेका हुन् ।
रसिद खानले १९, इब्राहिम जड्रानले १८, अजमतुल्लाह ओमरजैले १० रन बनाए ।
बंगलादेशका रिशाद होसैनले तीन विकेट झार्दा तस्किन अहमेद र मुस्ताफिर रहमानले समान एक÷एक विकेट लिए ।
सुपर ८ को आजको अन्तिम खेल जितेमा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया