इटली र स्विटजरल्याण्ड युरोकपको अन्तिम १६ मा

काठमाडौं । इटली र स्विटजरल्याण्डले युरोकपको अन्तिम १६ को स्थान सुरक्षित गरेका छन् । अब क्वाटरफाइनल यात्राका लागि यी दुईबीच प्रतिस्पर्धा हुनेछ ।
इटलीले गएराति सम्पन्न खेलमा क्रोएसियालाई बराबरीमा रोक्दै अन्तिम १६ को यात्रा तय गरेको हो । क्रोएसियालाई बराबरीमा रोकेको इटली समूह ‘बी’को उपविजेता बनेको छ ।
समूह ‘ए’ मा रहेको स्विटजरल्याण्ड पनि अन्तिम १६ मा पुगेको छ । स्वीट्जरल्यान्डले युरोकपको जारी सिजनमा तीन खेल खेलेकोमा एउटामा जित र दुई वटामा बराबरी नतिजा निकालेको छ ।
पहिलो खेलमा हङगेरीलाई हराएको स्विटजरल्याण्डले स्कटल्याण्ड र जर्मनीसँग बराबरी खेलेको हो ।
यी दुई टिमबीचको खेल २९ जुनमा हुनेछ ।
प्रतिक्रिया