फ्रान्सलाई रोक्दै स्पेन युरो कपको फाइनलमा
यामलले गरे कीर्तिमानी गोल

काठमाडौं । फ्रान्समाथि पुनरागमन जित निकाल्दै स्पेनले युरोकपको फाइनल यात्रा तय गरेको छ ।
मंगलबार राति म्युनिख एरेनामा सम्पन्न सेमिफाइनल खेलमा स्पेनले फ्रान्समाथि २–१ गोलान्तरको जित निकालेको हो ।
स्पेनका लागि लामिन यामल र डानी ओल्मोले १/१ गोल गरे । यामलले २१औं र डानीले २५औं मिनेटमा गोल गरेका हुन् ।
स्पेनन युवा स्टार यामलले कम उमेरमा गोल गर्ने नयाँ कीर्तिमानसमेत बनाएका छन् । उनले १६ वर्ष ३६२ दिनका छन् ।
फ्रान्सले खेलको सुरुमै अग्रता बनाएको थियो । नवौं मिनेटमा फ्रान्सका रान्डल कोलो माउनीले गोल गरे पनि फ्रान्सले त्यसलाई कायम गर्न सकेन ।
स्पेन चौथो पटक युरो कप जित्ने लक्ष्यमा छ । उसले अब इंग्ल्याण्ड र नेदरल्याण्डमध्ये एक टिमसँग फाइनल खेल्नेछ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया