अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । क्यानडामाथि जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्यानडालाई २–० गोलमा हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो ।
कोपा अमेरिकामा गोलको खाता खोल्न नसकेका मेसीले क्यानडाविरुद्ध एक गोल गरे भने जुलियन अल्भारेजले एक गोल गरे ।
खेलको २१औं मिनेटमा अल्भारेजले रोड्रिगो डे पउलको पासमा गोल गर्दै अर्जेनटिनालाई अग्रता दिलाएकोमा मेसीले ५१औं मिनेटमा गोल गरे ।
फाइनल खेलमा अब अर्जेन्टिनाले कोलम्बिया र उरुग्वेमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया