एसिया कपमा पाकिस्तानसँग निरिह बन्यो नेपाल

काठमाडौं । महिला एसिया कपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानले नेपाललाई ९ विकेटले हराएको छ ।
टस हारेर पहिले ब्याटीङ गरेको नेपालले एक सय ९ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले १ विकेटको क्षतीमा ११.५ ओभरमा सो लक्ष्य पुरा गरेको हो ।
पाकिस्तानविरुद्ध बलिङ र ब्याटीङ दुवैमा नेपाल कमजोर देखियो । नेपालका लागि कविता जोशीले मात्र पाकिस्तानको एक विकेट लिन सफल भइन् ।
समूह चरणमा नेपालको अबको अन्तिम खेल भारतविरुद्ध छ । सेमिफाइनलमा पुग्न नेपालले सो खेल जित्नुपर्ने हुन्छ । पहिलो खेलमा नेपालले यूएईलाई पराजित गरेको थियो ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया