मेसीबिना मैदानमा उत्रिएको मियामीको फराकिलो जित
काठमाडौं। लिओनल मेसीबिना मैदानमा उत्रिएको इन्टर मियामीले मेजर लिग सकरमा फराकिलो जित निकालेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा सिकागो फायरलाई ४–१ गोलान्तरमा परास्त गर्दै मियामीले जितको श्रृंखला यथावत् राखेको हो ।
मियामीको यो जितमा लुइस सुआरेज एक्लैले दुई गोल गरे भने रफबर्ट टेलरले एक गोल गरे । अर्को एक गोल भने टोबियास सालक्विस्टले उपहारस्वरूप दिएका थिए ।
घुँडाको चोटका कारण मेसी खेलमा फर्कंन सकेका छैनन् । मेसीबिना दुई खेल खेलेको मियामीले दुवै खेलमा जित निकालेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया